खोज–अनुसन्धान

लुम्बिनी सरकारको आम्दानी :तलब भत्ता समेत पुग्दैन



बुटवल ३१ साउन ।लुम्बिनी प्रदेशमा सरकारले आम्दानी गरेको आन्तरिक आम्दानीबाट तलब भत्ता समेत खुवाउन नपुग्ने पाइएको छ । प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव तेज प्रसाद सुवेदीले आन्तरिक आम्दानीबाट प्रदेश पाल्न नसकिने स्वीकार गर्दछन् । प्रदेश सरकार स्थापना भएको ५ वर्ष पुग्नै लाग्दा प्रदेशका मन्त्रालय, निर्देशनालय, प्रदेश सभा सहितका प्रदेश मातहतका कार्यालयममा रहेका कर्मचारीहरु समेत पाल्नको लागि प्रदेश सरकारको आन्तरिक आम्दानी अपुग भएको उनको भनाई छ ।
लुम्बिनी प्रदेशमा भागबण्डाको कारण मन्त्रालय विभाजन गरी टुक्राउँदा बढेको व्ययभार सहित, अनावश्यक रुपमा नियुक्ती गरिएका कर्मचारी, सल्लाहकार सहितका व्याक्तिहरुलाई प्रदान गर्ने सेवा सुविधाका लागि प्रदेश सरकार संघीय सरकार स्थानीय तहको भर पर्नुपर्ने अवस्था आएको हो ।प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा ९०.६२ प्रतिशत लक्ष्य हासिल गरेको दावि गरि रहदा संविधान तह व्यवस्था गरेको प्रदेश सरकार अन्र्तगत राजश्ज संकलनमा भने सरकार लक्ष्य भेटाउन नसकेको हो । आन्तरिकतर्फको आय मा १०० प्रतिशत नै लक्ष्य हासिल गरेपनि सो बाट आएको आम्दानीले प्रदेश सरकारको सञ्चालन खर्च नै नपुग्ने गरेको प्रदेशको आर्थिक मन्त्रालयको भनाई रहेको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६