कृषि

लुटपाट गरी गुरुङ माथि गोली प्रहार




भैरहवा ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको थियो ।
लुटेराहरुले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ । प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाईकलमा भाग्दै गरेका तीन जना लुटेराहरुको समूहलाई पछ्याउँदै गएर ओभरट्याक गर्दा आफुमाथि गोली प्रहार भएको बयान दिनुभएको छ । बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६