खोज–अनुसन्धान

कांग्रेसले प्रचण्डका हातमा के थमाई दिने हो ?: प्रदीप ज्ञवाली




रुकुम पूर्व ३० साउन ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसको बुई चढेर समाजवाद नआउने बताएका छन् । प्रेस चौतारी रुकुम पूर्वले सोमबार रुकुमकोटमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीतर्फ लक्षित गर्दै कांग्रेसको बुई चढेर समाजवाद सम्भव नभएको जिकिर गरेका हुन् ।उनले अहिलेको गठबन्धन हेर्दा कांग्रेसले समाजवाद ल्याएर प्रचण्डको हातमा थमाइदिने जस्तो आभाष भएको वताए ।
यसैगरी उनले कामचलाउ सरकारले दीर्घकालिन असर पार्ने खालका निर्णय गर्न नहुने बताएका छन् । आसन्न निर्वाचनको मिति घोषणा भइसकेकाले सरकार अब कामचलाउ भइसकेको भन्दै उनले काम चलाउ सरकारले दीर्घकालीन असर पार्ने किसिमका निर्णय गर्नु नहुने बताए ।प्रेस चौतारी रुकुम पूर्वले सोमबार रुकुमकोटमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उपमहासचिव ज्ञवालीले सरकारलाई नयाँ विधेयक र नयाँ कार्यक्रम नल्याउन; कुनै पनि आयोजनाको उद्घाटन, शिलान्यास गरेर मतदाता प्रभावित नपार्न सरकारलाई आग्रह गरेका छन् । निर्वाचनको मिति घोषणा भइसकेकाले सबैले अनुशासनपूर्वक त्यसको परिपालना गर्नुपर्ने उनले बताए ।
निर्वाचन सार्ने, धकेल्ने सरकारको योजना सफल नभएपछि मंसिरमा घोषणा गरिएको निर्वाचनमा अब एमाले डटेर निर्वाचनमा लाग्ने बताए । घोषित निर्वाचनको निर्णयलाई एमालेले स्वागत गरेको भन्दै उनले अब एमाले निर्वाचनमा होमिइसकेको बताए ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६