अर्थ-वाणिज्य

बाणगंगाका होटल र रिसोर्ट एकाएक बने पाटीपौवा : तौलिहवा र सालझण्डीवाट समेत विस्तारा मगाइए




कपिलवस्तु २७ साउन । कपिलवस्तुमा नि मा बि।शिक्षक लाईसेन्सको परिक्षा दिन विभिन्न जिल्लावाट ४हजार५ सय वढी विधार्थी एकैसाथ आएपछि खानबस्न समेत नपाएर सरणार्थी बन्ने अवस्था आएको छ । यतिबेला ठूला रिसोर्टका हलहरुमा एकासाइडमा पुरुष परिक्षार्थी र अर्काे साइडमा महिला परिक्षार्थीलाई राखिएको छ । बाणगंगा भित्रका टेण्ट हाउसका विस्ताराले नपुगेपछि तौलिहवा र साल झण्डीवाट समेत मगाएर ब्यवस्था मिलाईको छ । यहाका रिसोर्ट र होटलहरु सार्वजनिक पार्टी पौवा जस्तै सडक गल्ली पेटी जताततै परिक्ष्ााँर्थीले भरिभराउ भएका छन् । परासी देखि बर्दिया सम्म रुकुम रोल्पा देखि दाङ सम्मका विधार्थीलाई बाणगंगाका १८ वटा केन्द्रवाट लाइसेन्सको परिक्षा दिने ब्यवस्था मिलाइएको वाणगंगाका शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले जानकारी दिनु भयो । हरेक केन्द्रमा २५० जनाका दरले १८ केन्द्रमा परिक्षा दिने उहाको भनाइछ ।
यता विभिन्न जिल्लावाट आएका परिक्षार्थीले होटल नपाएको बस्ने ठाउ नपाएर सडकमा धर्ना दिएको खवर पाएपछि विभिन्न स्थानमा भेला भएका परिक्षार्थीलाई भेटेर बाणगंगाका मेयर चक्रपाणी अर्यालले यहाका होटल रिसोर्ट र पार्टी प्यालेशले धान्न नसकेमा एक घर एक पहुनाका हिसावले टोल विकास सस्था मार्फत हरेकका घरघरमा पठाउन नगरपालिका तयार रहेको भन्दै आश्वस्त पार्नु भएको थियो । राती सम्म विभिन्न होटल र पार्टी प्यालेशमा पुग्दा सबैलाई सरो गाह्रो खाने र सुत्ने ब्यवस्था मिलेको जनकारी पाएको मेयर अर्यालले वताउनु भयो ।
यता होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु, कपिलवस्तु उद्योग बाणिज्य संघ , नागरिक समाज कपिलवस्तु , उपभोक्ता हीत संरक्षण मञ्च लगाएतका संस्थाहरुले विद्यार्थीलाई खाने वस्ने व्यवस्थापन मिलाउनमा जुटेका थिए । होटलले लिने शुल्कमा एकरुपता कायम गर्नेगरी प्रििवधार्थी रु ७ सय देखि१ हजार सम्म लिने ब्यवस्था मिलाइएको होटल ब्यवसायी रामु शर्माले वताउनु भयो । बाणगंगा नगरपालिका ४ नम्बरमा विद्यार्थीको व्यवस्थापन गर्दै थिए कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरे नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाई उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे र होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल लगाएतका पदाधीकारीहरुले कुनै समस्या आए समाधान निकाल्ने गरिएको वताउनु भयो । दिन भरको चर्को घाममा पनि नभनि कहिँ कतै टाढा वाट आएका विद्यार्थी नठगिउन भन्ने उनिहरुमा चासो देखिन्थ्यो ।
विद्यार्थीहरुलाई सोझ बुझ गरेर सम्बन्धीत स्थानमा पुर्‍याउने बस्ने खानेको व्यवस्थापन गर्न उनिहरुले पहल गरेका थिए । रात भर प्रतिक्षालयमा विताएका विद्यार्थीहरुले आफ्नो व्यवस्थापन हुने भएपछि ति दुवै सस्थांलाई धन्यवाद दिए । यता संस्थाहरुका पदाधिकारीहरुले कहि कतै विद्यार्थीहरु ठगिएमा, चर्को शुल्क अशुलेको पाईएमा वा आफुलाई अशुरक्षित महशुस भएमा सिधै संस्थाको कार्यलय अथवा नजिकैको संञ्चार संस्था र प्रहरीमा उजुरी गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । बाणगंगामा बस्ने विद्यार्थीहरुलाई दिनको रु ७ सयका दरले खान बस्नको व्यवस्थापन गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले प्रेसपाटी अनलाईनलाई जानकारी दिए । विद्यार्थीहरु अहिले होटलहरुका हलमाहरुमा वसेका छन् ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६