अन्तर्राष्ट्रिय

विश्वकप फुटबलको खेल तालिका परिवर्तन



काठमाडौं, २७ साउन । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।

निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले घोषणा गरेको छ ।

मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डस्बीचको खेल सोही दिन हुनेछ तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्कप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।

फिफाले विश्कप फुटबल प्रतियोगितको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६