अर्थ-वाणिज्य

अगुवा कार्यकर्ता प्रशिक्षणकालागि एमाले उपाध्यक्ष नेम्वाङ र इन्चार्ज विश्वकर्मा कपिलवस्तु आउदै : प्रदेश भरमा यस्तो छ तालिका




कपिलवस्तु २८ साउन।नेकपा एमाले कपिलवस्तुले करिव ५ सय अगुवा कार्यकर्तालाई निर्वाचन केन्द्रित प्रशिक्षण संचालन गर्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ र एमालेका स्थायी कमिटी सदस्य एवम लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिने कार्यक्रम राखिएको एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
यहि साउन २९ गते गजेहडा सिद्धिपुर स्थित पिस हिमालयन रिसोर्टको सभाहलमा एक दिवसीय चुनाव केन्द्रीत प्रशीक्षण हुने भएको हो । प्रशिक्षणमा जिल्ला कमिटीका सदस्य ,स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष , पार्टीका जिल्ला साल्लाहकार सदस्य , जिल्ला विभागका सदस्य , पालिका कमिटीका पदाधिकारी ,जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष गरी करिव ५ सय जना अगुवा कार्यकर्ता सहभागि हुने अध्यक्ष शर्माको भनाइछ ।

आगामी संघ र प्रदेश सभाको चुनावमा पार्टी पंक्ति परिचालन के कसरी हुने र नतिजा एमालेको पक्षमा ल्याउने भनेर विशेष प्रशिक्षण हुने जिल्ला प्रचार विभाग प्रमुख लक्षमण बेल्बासेले वताउनु भएको छ । विगतमा भएको स्थानीय तहको निर्वाचनको समिक्षा गरेर पार्टीले मुलुकभर प्रशिक्षण चलाउने अभियान शुरु गरेको हो । प्रशिक्षणले पाटीलाई मजवुद बनाउने , कार्यकर्तालाई जिम्मेवार बनाउने पार्टीले अपेक्षा लिएको छ ।

लुम्विनी प्रदेशशका विभिन्न जिल्लामा एमालेको प्रशिक्षण यसरी हुने जनाइएकोछ । गुल्मीमा २९ गते तय गरिएको प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेताहरू दिनेश पन्थी, राधाकृष्ण कंडेल सहभागी हुनुहुनेछ भने कपिलवस्तुमा पनि २९ गते नै यो कार्यक्रम हुने भएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, नेताहरू विमला घिमिरे, खिमलाल भट्टराई, विष्णु पन्थीलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
अर्घाखाँचीमा साउन ३० गते प्रशिक्षणको तयारी गरिएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय टोपबहादुर रायमाझी, गोकर्ण विष्ट तथा नेताहरू चन्द्रबहादुर खड्का, बमबहादुर बिक, चेतनारायण आचार्यले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।पूर्वीरुकुममा ३० गते तय गरिएको प्रशिक्षणमा उपमहाचिव प्रदीप ज्ञवाली, नेताहरू खेममान खड्का, राधाकृष्ण कंडेल सहभागी हुनुहुनेछ भने सोही दिन दाङमा गरिने कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, नेता नरुलाल चौधरीलगायतले प्रशिक्षण दिनुहुने छ ।
बाँकेमा ३१ गते तय गरिएको कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल विश्वकर्मा तथा नेताहरू लीला गिरी, लक्ष्मण ज्ञवाली, सूर्य ढकालले प्रशिक्षण दिनुहुने भएको छ । प्युठानमा पनि ३१ गते उपाध्यक्ष सुवास नेम्वाङ, सचिव टोपबहादुर रायमाझी, नेताहरू सूर्य थापा, बिमला घिमिरे, खिमलाल भट्टराईले सम्बोधन गर्नुहुने छ ।त्यसैगरी बर्दियामा भदौ १ गते सचिव छविलाल विश्वकर्मा तथा नेताहरू लीला गिरी, लक्ष्मण ज्ञवाली र रोल्पामा पनि भदौ १ गते सचिव टोपबहादुर रायमाझी तथा नेताहरू खिमलाल भट्टराई, नबिन रोकाले प्रशिक्षण दिने कार्यक्रम तय गरी तयारी गरिएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६