अन्तर्राष्ट्रिय

पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज १३ रनले पराजित



काठमाण्डौ २६ साउन – पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित भएको छ ।
जमैकाको साविना पार्कमा बिहान सकिएको खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको हो । न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाउन सक्यो ।
वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए ।
न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ तथा ट्रेन्ट बोल्ट, टिम साउथी, इश सोधी र लक्कि फकुर्सनले १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाए ।
जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए । यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६र१६ रन बनाए । वेष्ट इन्डिजका ओडेन स्मिथले ३ तथा जासन होल्डर र ओबेड म्याकोईले समान १र१ विकेट लिए । दुई टोलीबीचको दोस्रो टी–२० खेल पर्सि हुनेछ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६