प्रदेश

वाणगंगा ९ को श्री शुद्धोदन मा.विले गर्‍यो विद्यार्थीकै भविष्यमाथि खेलवाड, मानसिक तनावमा छात्र



बाणगंगा, २६ साउन ।
कपिलवस्तुको वाणगंगा ९ मा रहेको श्री शुद्धोदन जन जीवन मा.विले विद्यार्थीकै भविष्य माथि खेलवाड गरेको छ । विद्यालयले एउटै विद्यार्थी माथि पटक पटक मानसिक तनाब दिएको विद्यार्थीले बताएका छन् । प्रया उत्कृष्ट विद्यार्थीलाई हेर्नु पर्नेमा विद्यालयले आफुलाई मन परेको विद्यार्थीलाई बढी प्राथमिकता दिने गरेको छ । घटना हो सोहि विद्यालयमा कक्षा १० मा पढ्ने मनिस गिरी , हरेक विषयमा उत्कृष्ट रहेका मनिसलाई शिक्षकहरुले नै अन्याय गरेका छन् । कक्षा ९ मा पढ्दा देखि नै विद्यालयले मनिस माथि अन्याय गरेको हो । कक्षा ९ को अन्तिम मुल्यांकन परिक्षामा मनिस कक्षा ९ बाट तेस्रो भए तर साच्चैको भने मनिस तेस्रो भएकै होईनन् । लगातार पहिलो, दोस्रो र तेस्रो परीक्षामा प्रथम भएका मनिस अन्तिम परीक्षामा पनि प्रथम भए तर परीक्षा समितिको कमजोरी, प्राचार्यको कमजोरीकै कारण उनिलाई तेस्रो भएको घोषण गरियो । कक्षा १ बाटै सधैं प्रथम भएका मनिस तेस्रो भएको सुने पछि उनी रुदैै घर गए र अभिभावकलाई ल्याएर पुन अंक जोड्दा मनिस नै प्रथम रहेको प्रष्ट भयोको एक शिक्षकले बताए । यता विद्यालयले सच्चाउनु पर्ने कुरा मजाकका रुपमा लियो । अहिले मनिस कक्षा १० मा पढ्छन , विद्यालयले लिने प्रथम परीक्षा असार २३ बाट थियो र त्यस परिक्षाको नतिजा साउन २५ गते सार्वजनिक गरियो र यसमा पनि मनिसलाई दोस्रो भएको घोषण गरियो तर मनिसले भने आफू प्रथम भएको दाबी गरे सबै शिक्षकहरुको अगाडि दोस्रो पुरस्कार नलैजाने घोषण पनि गरे पछि शिक्षकहरुले नतिजा फेरी हेर तर सबै शिक्षकले हेर्दा यश पटक शिक्षकले लुकाउन सकेनन् र अन्तिममा मनिस नै प्रथम भएको प्रष्ट भयो उनले भने । कुल अंक मध्ये ३०६ ल्याएको मनिसलाई नतिजा सार्वजनिक गर्दा २८६ भनेर गरियो र विद्यार्थीले त्यसको तत्काल बिरोध गरे पनि प्राचार्यले मजाकको रुपमा उडाई विद्यार्थीलाई नै गाली गरिन् । यता अभिभावकले भने प्राचार्यकै कमजोरी र आफुलाई मन परेको विद्यार्थीलाई मात्र उत्कृष्ट गराउने आरोप लगाएका छन् ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६