प्रदेश

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो तथ्यांक विधेयक




काठमाडौं, २५ साउन । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो ।

पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई आज प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

तथ्यांक उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्यांक सम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएको सो ऐन संसद्ले बनाएको हो ।

सो विधेयकमाथि संशोधन प्रस्ताव राखेका सांसद प्रेम सुवाल र विद्या भट्टराई आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले अस्वीकृत गरे ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६