प्रदेश

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै एमालेको आपत्ति



काठमाण्डौ, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताउनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप पनि लगाउनुभयो । सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको बताउनुभयो ।

बैठकमा एमालेकै सांसद महेश बस्नेतले मङ्गलवार रातिको अविरल वर्षाका कारण आएको बाढीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गर्नुभयो । यस्तै उहाँले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराउनुभयो ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६