प्रदेश

कपिलवस्तुका सबै क्याम्पसमा विप्लवनिकट अखिल (क्रान्तिकारी)को ताला



बाणगंगा, २५ साउन ।
कपिलवस्तुका सामुदायिक क्याम्पसहरुमा बढेको शूल्क वृद्धिको विरोधमा विप्लवनिकट अखिल (क्रान्तिकारी) ले कपिलवस्तुका सबै क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

जिल्लाभरमा क्याम्पसमा वृद्धि भएको मासिक शूल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीले आग्रह गरेको छ । जिल्लाका सामुदायिक क्याम्पसहरुले २ सय २५ मासिक शूल्कमा वृद्धि गरेका छन् ।

उक्त शूल्क विद्यार्थी संगठनहरु बीचको सहमतिबाट कायम गरिएको थियो । यद्यपि अखिल (क्रान्तिकारी) ले यसमा असहमति प्रकट गर्दै तालाबन्दीमा उत्रिएको हो । जिल्लाको पब्लिक क्याम्पस संघ कपिलवस्तुले ९ सय ७५ मासिक शूल्कबाट शूल्क बढाएर १५ सय पुर्‍याएको थियो ।

यसको विरुद्धमा जिल्लाका ६ विद्यार्थी संगठनहरुले विरोध स्वरुप संघलाई ज्ञापनपत्र बुझाएका थिए । संघले साउन १९ गते विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएर ४ घण्टा लामो छलफल गरेको थियो । उक्त छलफल पश्चात १५ सय बाट घटाएर मासिक शूल्क १२ सय पुगेको थियो ।

अखिल (क्रान्तिकारी)ले भने शूल्क वृद्धि बढी भएको जनाएको छ । मंगलबार जिल्लाका सबै सामुदायिक क्याम्पसहरुमा तालाबन्दी गरिएको नेता विज्ञान क्षेत्रीले जानकारी दिए । आफ्नो संगठनले राखेको माग सम्बोधन नभए पछि क्याम्पस प्रसाशन र लेखा शाखामा ताला लगाउन बाध्य भएको क्षेत्री बताए ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६