अन्तर्राष्ट्रिय

नितिशकुमार : सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने प्रयास



२५ साउन
भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल युनाइटेडका नेता नितिश कुमारले सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेस गर्नुभएको छ ।
आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित १ सय ६४ जना विधायक रहेका भन्दै उहाँले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै नितिशकुमारले मुख्यमन्त्री पदको शपथ लिने सम्भावना छ ।
हिजो उहाँले जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गर्नुभएको थियो । भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै नितिशकुमारले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६