खोज–अनुसन्धान

तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ




बर्दिया २५ साउन । बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् । बैतडी स्थायी घर भई बर्दियाको बाँसगढी(५ मा भाडामा बस्दै आएका डम्बर बहादुर बोहोरा छोराको हत्या आरोपमा पक्राउ परेका हुन् । साउन १६ गते बिहान करिब ७ बजेतिर छोरालाई घरबाट लगेर डम्बरबहादुर सम्पर्कविहीन भएको परिवारको भनाइ छ ।छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएपछि आफन्तीले छोराको खोजी गरी पाउँ भनेर इलाका प्रहरी कार्यालय बाँसगढीमा निवेदन दिएका थिए । तर, प्रहरीले बच्चा फेला पार्न सकेको थिएन । बालकका मामा शरद चन्दले सम्पर्कविहीन बोहोरालाई सोमबार बिहान ९ बजे समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा बासँगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सीमानामा पर्ने ग्याङ्ग नदीको पश्चिम जनकल्याण मध्यवर्ती सामुदायिक वनमा बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सूर्य प्रकाश सुवेदी जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । हत्या आरोपमा पक्राउ परेका बोहोरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६