अर्थ-वाणिज्य

समृद्ध लुम्विनी आफैवाट: मेयरका पुत्र अहेवमा नियुक्त ,ज्वाई सब इन्जिनियर,हाकीमको सालो कम्प्यूटर अपरेटर



रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले समृद्ध लुम्विनी आफैवाट शुरुवात गरेको छ । मेयरका पुत्रलाई अहेवमा नियुक्त गरेर ज्वाईलाई सब इन्जिनियर बनाएर र हाकीमको सालोलाई कम्प्यूटर अपरेटरमा नियुक्त गरेर विशेष समृद्धीको अभियान तीव्र पारेको हो । लुम्विनी सास्कृतीक न.पा.मा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेको घटना यहि बिबरणसंगै छताछुल्ल भएको छ ।। उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर ९प्राविधिक सहायक (पाँचौ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो । मेयर खाँन कांग्रेसबाट निर्वाचित हुन् ।
गाउँपालिकाकी उपप्रमुख कल्पना हरिजनले पुराना करारका कर्मचारीलाई दक्ष र क्षमतावान कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँसहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको उपप्रमुख हरिजनले बताइन् । उपप्रमुखले भनिन्, ‘नगरमा प्रमुख प्रशासकीय अधिकृत र मेयरले मनपरी गरेका छन् । आफ्ना आसेपासे र परिवारका मान्छेलाई जागिर खुवाएका छन । छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिलाएका छन् ।’ कार्यपालिका बैठकको निर्णय बिना करारका कर्मचारीलाई हटाइएकोसमेत उनले जानकारी दिइन् ।
‘साउन असार ३० गते नगरसभाको बैठक बसेको थियो, त्यो बैठकमा पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय आएको थिएन’ उनले भनिन्, ‘३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिक रूपमा हटाएको जानकारीमा आयो । पछि माइन्यूट हेर्दा हामीलाई थाहा भयो ।’
उनले थपिन्, ‘हटाउन पाइन्छ । तर, कानून र नियमसंगत हुनुपर्‍यो भन्ने माग हो । आफ्नोलाई होइन दक्ष कर्मचारी आउनुपर्‍यो भन्ने हाम्रो माग हो । अहिले अयोग्य र फर्जी काम गर्ने थपिदा नगरको काम कारबाही ठप्पजस्तै भएको छ ।’ प्रशासकीय अधिृकत पाण्डेयले आफ्नो सालाको कम्प्युटरमा नियुक्तिको विषय भएको स्वीकार गरे । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई धमाधम सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् । उनले कर्मचारीलाई अनावश्यक हस्तक्षेप गरी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई वडा सचिवमा समेत खटाएका छन् । छोरा र ज्वाइँको नियुक्तिका विषयमा प्रतिक्रिया लिँदा मेयर खाँन बोल्न चाहेनन् । छोरा र ज्वाइँलाई नियुक्ति दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले म यो विषयमा बोल्दिन ।’
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा थियो । तर, उनले साउन २० गते आफूलाई मन नपरेका कर्मचारीको नगरपालिकाको कार्यालयबाट वार्ड सचिवको रूपमा सरुवा गरेका कर्मचारीहरूको आरोप छ । नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । प्रशासकीय अधिकृत पाण्डेयले उपप्रमुख हरिजनले आफ्नो बद्नाम गराउने गरी लागेको आरोप लगाए । ‘उहाँले मलाई सरुवा गराउनु भएको भन्ने छ । मैले पत्र पाएको छैन । उहाँ (हरिजन) ले आफ्नो व्यक्तिगत फाइदाको लागि बद्नाम गर्न खोज्नु भएको हो,’ उनले भने । पाण्डेय अहिले बिदामा छन ।
जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना भएको छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६