अर्थ-वाणिज्य

१२ करोड हिनामिना हुदा थला परेको सहकारी पुनर गठनसंगै संचालनमा आयो




कपिलवस्तु २३ साउन । रकम अपचलनका कारण बन्द रहेको सदरमुकाम तौलिहवाको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनः संचालन गरिएको छ । ढाई बर्ष देखि बन्द रहेको सहकारीले फेरी सेवा सुभारम्भ गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रिवन काटेर सेवा शुभारम्भ गरेका थिए । उनले सहकारीले सेवा सुभारम्भ गरेकोमा बधाई दिदै ओरालो लागेको सहकारीको प्रगतिको कामना गरे । अदालतको आदेश पछि विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो ।
२ बर्ष ७ महिना देखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालले बताए । बचतकर्ताहरुको पैसा दशै वा तिहार पछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए । ८ हजार २ सय बचतकर्ताको झन्डै १९ करोड बचत र १० करोड बढी ऋन प्रवाह भएको अर्यालले बताए । प्रारंम्भिक अनुसंधानका आधारमा सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको ठहर भएको थियो । सहकारीको बिभिन्न १७ वटा बैकमा ५१ लाख रकम रहेको छ ।
अदालतले सो मुद्दाको फैसलामा १५ बुदेँ निणर्य निर्देशिका जारी गरि बिशेष साधारणसभा गरि सहकारी पुनः सञ्चालन गर्न आदेश दिएको थियो । सहकारीको कागजात र बिवरणमा ५ सय १४ जना ऋणीहरु सँग १० करोड हाराहारी सावा र ब्याज रकम असुली गर्न बाकी रहेको देखिएको तिवारीले जानकारी दिए । ऋणको सावा र ब्याज असुली कार्य सगै भदौ १ गतेबाट सबै बचतकर्ताको खाता प्रमाणीकरण कार्य शूरु गर्ने समितीको योजना छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६