अन्तर्राष्ट्रिय

३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला जिम्बाब्वेलाई



काठमाण्डौ २३ साउन – घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो ।
बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेले ।
सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरे । यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाए । बङ्लादेशका हसन मुहम्मद र मेहेदी हसनले समान २र२ विकेट लिए भने तैजुल इस्लामले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
बङ्लादेशका लागि महमुदउल्लाह र तमिम इकवालले अर्धशतकीय पारी खेले । महमुदउल्लाहले ८० तथा इकवालले ५० रनको योगदान गरे । यस्तै, आफिफ हुसेनले ४१, नजमुल हुसेन सान्तोले ३८ रन, मुस्फिकुर रहिमले २५ तथा अनामुल हकले २० रन बनाए ।
जिम्बाब्वेका लागि सिकन्दर राजाले ३, वेस्ली माधिबेरीले २ तथा भिक्टर न्याउची र टन्का चिभान्गाले एकरएक विकेट लिए । दुई टोलीबीचको तेस्रो एक दिवसीय बुधवार हुनेछ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६