जीवनशैली

जनशक्ति अभावमा मध्यबिन्दु जिल्ला अस्पतालको अपरेशन सेवा पाँच महिनादेखि बन्द



नवलपरासी २३ साउन नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो।
गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ ९ अपरेशन पूर्व बेहोस बनाउने चिकित्सक ० नहुँदा अपरेशन सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।चैत महिना अघिसम्म कोभिड करारमा एक जना एनेस्थेसियन चिकित्सक रहेकोमा ती कर्मचारीले काम छाडेपछि नयाँ जनशक्ति नआउँदा अपरेशन सेवा नै बन्द भएको हो ।
चैतमा एनेस्थेसियन चिकित्सकले काम छाडेपछि लगतै सर्जन चिकित्सक आफैँ बिरामी परेर सेवा रोकिएको र पछि एक दुई वटा सामान्य अपरेशन सेवा प्रदान गरे पनि बिरामी बेहोस बनाउने विषयमा जोखिम लिने विषय नभएपछि सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६