अन्तर्राष्ट्रिय

वेस्ट इन्डिजसँगको अन्तिम टी–२० क्रिकेटमा भारत विजयी



काठमाण्डौ २३ साउन वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड पार्कमा गएराति भएको खेलमा भारत ८८ रनले विजयी भएको हो ।
यो सँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । जितका लागि भारतले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५ ओभर ४ बलमा १ सय रनमै समेटियो । वेस्ट इन्डिजका लागि शिमैन हेटमायरले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए भने शम्राह ब्रुक्सले १३ र डेभन थोमसले १० रन जोडे ।
भारतका लागि रवि विश्रोइले ४ विकेट लिए । यस्तै, कुलदीप यादव र अक्षर पटेलले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । भारतका लागि श्रेयस ऐरले ६४ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, दीपक होडाले ३८, हार्दिक पाण्डेले २८ र इशान किशनले ११ रन जोडे । वेस्ट इन्डिजका ओडेन स्मिथले ३ विकेट लिए भने जेसन होल्डर, डोमिनिक ड्रेक्स र हायडन वेल्स जुनियरले एकरएक विकेट लिए ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६