अर्थ-वाणिज्य

सबै सामुदायिक विद्यार्थीलाई नगरले वाड्यो शैक्षिक सामग्री




कपिलवस्तु २२ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले वडाभित्र रहेका १२ सय ३७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । लक्षित वर्गको कार्यक्रम अनुसार विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने गरि एक कार्यक्रमका बीच वडाले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री वितरण गरेको हो । वडा भित्र रहेका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने १२ सय ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।
जसमध्ये जनचेतना आधारभुत विद्यालय बनगाईका ३ सय १२ जना, नवदुर्गा आधारभुत विद्यालय मोतिपुरडाँडाका ३ सय ९ जना र जनज्योती माध्यमिक विद्यालय मोतिपुरका ६ सय १६ जना विद्यार्थीहरुलाई वडा कार्यालयको लोगोसहित उक्त शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष गिरीले बताए । शैक्षिक सामग्री प्रदान गर्दै सामुदायिक विद्यलायमा विपन्न र आर्थिक स्तर कमजोर भएका विद्यार्थीको संख्या उल्लेख्य रहेकाले आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री प्रदान गरिएको उनले जनाए ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६