प्रदेश

प्लस–टू पढ्ने विद्यार्थीहरुलाई रेसुङ्गा नगरपालिकाको मासिक ४ हजार



गुल्मी २० श्रावण। गु्ल्मीको रेसुङ्गा नगरपालिकाले यस वर्षको एसईई परीक्षामा ३।२ जिपिए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई प्लस–टू पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
उक्त बिशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहकाबीच घोषणा गरेका हुन् । उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए ।
पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडि सारिएको सुनाए ।
नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तीराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले विशेष गरि पढाईका कारण गाउँ छाडेर शहरका बवद्यालय जान बाध्य विद्यार्थीहरुलाई रोक्न मदद्दत पुग्ने धारणा राखे ।
पालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले यस वर्षको एसईई परिक्षामा ३।६ भन्दा माथि ३६ जना र ३।२ भन्दा माथि १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६