प्रदेश

रजिस्टरमा भेटीए, कक्षामा भेटीएनन्



घोराही २० साउन । दाङको घोराही उपमहानगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन सुरु गरिएको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरूमा विद्यार्थी र शिक्षक सङ्ख्यासँगै भौतिक पूर्वाधारको अवस्थाबारेमा जानकारी लिन थालेको हो ।


सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन नसकेको गुनासो भइरहेका बेला शिक्षा महाशाखाले विद्यालयहरूको अवस्था, विद्यार्थी सङ्ख्या र खाजा कार्यक्रमको प्रभावकारिता बुझ्न अनुगमन थालिएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले बताउनुभएको छ।

उहाँले अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीको सङ्ख्या, शौचालयको अवस्था, कक्षा कोठाको अवस्था, खानेपानीको अवस्था, शिक्षक दरबन्दी, अध्यापन गराउँदा शैक्षिक सामग्री प्रयोग गरेकोरनगरिएको, छात्रवृत्ति वितरण भएरनभएको, विद्यार्थीलाई दिवा खाजा सरकारले तोकेको मापदण्डअनुसार खुवाएको र नखुवाएको, छात्राहरूलाई सेनिटरी प्याडको व्यवस्था भएरनभएका लगायतका अवस्था बुझ्ने काम भइरहेको बताउनुभयो।


शाखा अधिकृत पौडेलले अनुगमनका क्रममा केही विद्यालयले विद्यार्थी सङ्ख्या हाजिरीमा बढी देखाउने, शिक्षकहरू विद्यालयमा हाजिर भएर विद्यालय छोड्नेलगायतका समस्याहरू देखिएको बताउनुभएको छ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६