अर्थ-वाणिज्य

विगतमा लक्ष्यभन्दा बढी प्रगतीगर्दै आएको कृष्णनगर भन्सारले गत आवमा किन लक्ष्य पुरागर्न सकेन ?




कपिलवस्तु २० साउन ।विगतमा लक्ष्य भन्दा बढी प्रगती हासिल गर्दै आएको दशैक प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा गत आर्थिक बर्ष २०७८/०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व संकलन भएको छ । भन्सारमा गत आर्थिक बर्ष ५ अर्व ४३ करोड ४४ लाख ३७ हजार राजस्व संकलन भएको हो । गत आबकालागि भन्सारलाई ५ अर्व ८१ करोड ४८ लाख ८१ हजार लक्ष्य तोकिएको थियो । गत आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी ५ अर्व २७ करोड ५ लाख ५६ हजार राजस्व सकलन भएको थियो । भन्सार नाकाबाट चामल फलफुल , खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन । यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ ।
कपिलवस्तुको कृष्णनगर भन्सारबाट बर्षेनी आयत बढदै गएको छ । गत आर्थिक बर्ष ०७८/०७९ मा २६ अर्व ८१ करोड ३८ लाख ९४ हजार ५५ रुपैयाको सामान सो भन्सारबाट आयात भएका छन । आर्थिक बर्ष ०७७/०७८ मा २४ अर्व ५० करोड ८६ लाख को सामान आयत भएको थियो । भन्सार प्रमुख जर्नादन पौडेल अनुसार भारतबाट आयात हुने सामानहरु निरन्तर बढढै गएको हो । आयतको तुलनामा निर्यात भने निकै कम हुने गरेको छ । सो भन्सार हुदै भारत तर्फ ५४ करोड ४६ लाख ३० हजार ३३२ रुपैयाको सामान निर्यात भएको छ । अघिल्लो आर्थिक बर्ष भने ३३ करोड २२ लाख १३ हजारको नेपाली सामान निर्यात भएको थियो ।
आयात मध्ये सबै भन्दा बढी चालम मात्र ६ अर्व ३३ करोड १४ लाखको चालम आयात भएको छ । अघिल्लो आर्थिेक बर्ष भने ३ अर्व ५४ करोड ६३ लाखको चामल नेपाल भित्रिएको थियो । भारत तर्फ २६करोड २३ लाख रोजीन निर्यात भएको भन्सार प्रमुख जर्नादन पौडेलले बताए । आयात भएका सामानहरुमा ब्यक्तिहरु भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मुल्य साबेशन नभएको पौडेलले बताए । यो समेत जाडने हो भने आयातको रकम झनै बढनेछ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६