खोज–अनुसन्धान

घनाबस्तीवाट हाइटेन्सन लाइन : कपिलवस्तुका हजारौ जनताको नीजि सम्पत्तिमा ठूलो क्षेती हुदै




पार्वती पाण्डे
कपिलवस्तु २० साउन ।नेपाल विद्युत प्राधिकरण विधुत वितरा केन्द्र तौलिहवाले कपिलवस्तुको स्थानीय सरकार र स्थानीय जनतासंग कुनै छलफल नै नगरी वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको घनाबस्ती क्षेत्रवाट ३३ केभिएको हाइटेन्शन विद्युत प्रशारण लाईन राख्ने तयारी शुरु गरेकोछ ।उच्च भोल्टेजको विधुत प्रवाह हुने उक्त ३३ केभिए प्रशारण पाइन सामान्यत बस्ती विकास नभई सुकेको क्षेत्र , जंगल क्षेत्र वा नदी तटिए क्षेत्र जहा घनाबस्ती हुदैन त्यहावाट राख्नेगरी विधुत पोल गाडिनु पर्नेमा विधुतले छोटो दुरीको वाहनामा घनाबस्ती विकास भएको क्षेत्रमा एकाएक पोल गाड्न थालेपछि स्थानीय आक्रोसित भएका छन् ।
चन्द्रौटावाट गोरुसिंगे हुदै तौलिहवा पुराइएको सोही प्रकृतिको लाइन राजमार्ग क्षेत्र र जंगल क्षेत्रवाट प्रशारण भएको छ । गोरुंिसंगे देखी तौलिहवा पुराउदा जंगल र नदी तटिए क्षेत्र प्रयोग गरिएको छ । तर मोतिपुर शव स्टेशनवाट केहि महिना पहिले उत्पादन भएको ३३ केभिए क्षमताको विधुत प्रशारणको हाइटेन्सन लाइन बाणगंगाको वडा नं ६, कपिलवस्तुको वडा नं ९ र वडा नं ६ हुदै तौलिहवा पुराउने तयारी गरिएको छ । त्यसकालागि फलामका पोलहरु कतिपय स्थानमा गाडिएको समेत छ । जसका कारण भगलापुर, बनकसीया कुस्मा हरनामपुर जगदीशपुर श्रीनगर वर्मेलीटोल सम्मका हजारौ ब्यक्तिका घर तथा खेतहरुको बैकिङ मुल्यांकन नहुने भएको छ ।
३३ केभिएको प्रशारण लाइन भन्दा दुबै तर्फ १५ ÷१५ मिटर क्षेत्रको घर तथा जग्गा वित्तिय कारोवारकालागि बैकहरुले धितोको रुपमा स्वीकार्दैनन् जसका कारण हजारौ किसान ठूलो मर्कामा पर्ने भएका छन् । ब्यक्तिले यस अघि बनाएका हजारौ घर राखेर बैक कर्जा खानेवाटो समेत बन्द हुने भएको छ । बाणगंगाको ७ नम्वर मोतिपुरमा शव स्टेशन राखिएको ३३ केभिए विधुत प्रशारण लाइन वाणगंगाको वडा नं ६ सम्म ल्यादा वाणगंगानदीको डयाममा पोल गारिएको छ । त्यसैगरी बर्मेलीटोलवाट तौलिहवा सम्म नहरको डयाममा पोल गाडिदैछ । त्यो अत्यन्तै स्वभाविक हो तर वडा नं ६को लक्ष्मणघाटमा ल्याएपछि लक्ष्मणघाट तिलौराकोट पर्यटकीय सडकहुदै वर्मेली टोल सम्म पुराइदैछ । योकाम विधुत प्राधिकरणको मनोमानि र जनघाती काम भएको संविधान सभाका सदस्य विश्राम प्रसाद थारुले वताउनु भयो ।
उहाले उक्त लाइन तौलिहवा पुराउन वाणगंगा नदीको डयामक्षेत्रवाट लैजाने विकल्प हुदा हुदै विधुत प्राधिकरण तौलिहवाका प्रमुख राजेश कुमार झाले मनोमानि गरेर हजारौ जनताको सम्पत्तिमाथि क्षेती पुराउन खोजेको वताउनु भयो । उहाले ती ३ वटा वडाका जनप्रतिनिधी स्थानीयलाई उक्त कार्यको प्रतिवादमा उत्रन आग्रह गर्नु भयो ।यता उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले प्राय लो भोल्टेजको समस्या खेपेको तौलिहवामा ३३ केभिए प्रशारण लाइन पुराउनु सुखद भएपनि घना बस्ती विकास भई सकेको क्षेत्रवाटै हाइएक्सटेन्शन लाइन जवरजस्ती लैजान खोज्नु विधुत प्राधिकरणको मुर्खतापूर्ण काम भएको वताउनु भयो ।
उहाले स्थानीय जनताको सहमति विना विधुत प्राधिकरणले यतिठूलो काम कसरी गर्दैछ ? यहाका स्थानीय जनप्रतिनीधिहरु किन मौन छन् ?भन्ने प्रश्न गर्नु भयो । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईले जनतालाई क्षेती नहुने विकल्प रोजेर सोही अनुसार काम हुनु पर्ने तर्क गर्नु भयो । अन्यथा जनस्तरवाट विद्राह हुने र त्यसले ठूलो समस्या ल्याउने स्पष्ट पार्नु भयो ।यता विधुत वितरण केन्द्र तौलिहवाका प्रमुख राजेश कुमार झाले जनप्रतिनिधीसंग छलफल गरेरै काम थालिएको दावि गर्नु भयो । तर कहाँ र कहीले कुन जनप्रतिनिधी छलफलमा सहभागि भए र सहमति भयो वा भएन त्यसको कुनै स्पष्ट विवरण भने उहाले खुलाउन सक्नु भएन । उहाले जनताले काम रोके परियोजना फेल हुन्छ मेरो के जान्छ र? भन्ने जवाफ दिनु भयो ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६