जीवनशैली

वृद्धभत्ता बाढ्न बुद्धभूमि-५ का वडा अध्यक्ष घरघरमा पुगे




कपिलवस्तु १९साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का वडाध्यक्षले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा वडाध्यक्ष रोमबहादुर थापा आफै वृद्धभत्ता वितरण गर्न पुगेका हुन् ।बुधबार वडाभित्रका १६ जना असहाय, अशक्त तथा अपाङ्गहरुको घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेको वडाध्यक्ष थापाले बताए ।

उनीहरुको सहजताका लागी वडाले आगामी दिनमा थप योजनासहित अघि बढ्ने लक्ष्य लिएको वडाध्यक्ष थापाको भनाई छ । ‘म जनताको लागी वडाध्यक्ष भएको हुँ, असहाय, अशक्त तथा अपाङ्गहरुको यो अवस्थालाई बुझेर नै घरघरमा राज्यले दिएको भत्ता दिन आए ।’ उनले भने, ‘आगामी दिनमा पनि थप योजनासहित अघि बढ्छु ।’
आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरि आफु काममा लागी परेको उनले बताए ।शारिरीक रुपमा अशक्त भएकालाई वडाले विशेष चासो दिएको बताउँदै वडाध्यक्ष थापाले उनीहरुको सहजताका लागी उपयुक्त वातावरण सिर्जन गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल