अन्तर्राष्ट्रिय

गाली खाने सूचीमा रोनाल्डो र म्याग्वायर अगाडि



काठमाडौं १८ साउन
म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ ।
अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीटहरु फेला परेको थियो । त्यसमध्ये आधा प्रिमियर लिगका १२ खेलाडीमाथि लक्षित थियो । यसमा पनि ८ जना युनाइटेडका खेलाडी थिए ।
एलन टुरिङ इन्सटिट्युटले १३ अगस्त, २०२१ देखि २४ जनवरी, २०२२ सम्म गरेको अध्ययनमा रोनाल्डो लक्षित सबैभन्दा बढी १२ हजार ५२० गालीगलौज युक्त ट्वीट गरिएका थिए । दोस्रो स्थानमा ह्यारी म्याग्वायर लक्षित ८ हजार ९५४ ट्वीट भएका थिए । त्यसपछि यो सूचीमा क्रमशः मार्कस राफोर्ड, ब्रुनो फर्नान्डेज, ह्यारी केन, फ्रेड, जेसे लिन्डगार्ड, ज्याक ग्रिलिस, पाउल पोग्बा र डेभिड डि गेया रहेका छन् ।
इन्सटिट्युटले अधिकांश फ्यानहरूले जिम्मेवारीपूर्ण ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पनि उल्लेख गरेको छ । यो अध्ययनले सुन्दर खेलको अँध्यारो पक्षलाई उजागर गर्ने अफकमका निर्देशक केभिन ब्याकहर्सटले भने ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६