अर्थ-वाणिज्य

खेती गर्नेलाई २९ लाख अनुदान : पालिकाको पहलमा २ हजार रोपनी बाँझो जग्गामा खेती




तम्घास १८ साउन ।गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले वाँझो जमिनलाई खेतीयोग्य जमिनमा रुपान्तरण गरेवापत २९ लाख रुपैया अनुदान वितरण गरेको छ । पालिकको पहलमा एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत भएको छ । गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो ।
त्यसबेलादेखि बाँझो जग्गामा फलफूल र अन्नबाली लगाउँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।कोरोना महामारीको समयमा बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने किसानलाई प्रतिरोपनी तीन हजार रुपियाँ र अन्नबाली लगाउने किसानलाई प्रतिरोपनी चार हजार रुपियाँका दरले गाउँपालिकाले अनुदान दिएको थियो । हालसम्म बाँझो जग्गालाई फलफूल र अन्नबाली लगाउने किसानलाई २९ लाख रुपियाँ अनुदानका रूपमा प्रदान गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
फोटो ः भूपाल पोखरेल र पालिका कार्यलय

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६