खोज–अनुसन्धान

बनको निउरो पकाएर खानाखाने बिक परिवारको सपना अधुरै रहयो




कपिलवस्तु १७ सउान । बनमा पाइने निउरो टिपेर फर्कादा ३ जनालाई खालाले वगाएको पुष्टि भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली नदिले एकै परिवारका ३ जनालाई बगाएको हो । मंगलबार बिहान जंगली साग निउरो टिप्न भलवाड स्थित वन क्षेत्र भित्र पर्ने कोइली नदिमा पुगेका बाणगंगा ७ मोतिपुर बाणिगाउँका वर्ष ३१ का बिरबहादुर सुनार, उनकी पत्नी वर्ष २६ कि राममाया सुनार र वर्ष १२ का छोरा निरज सुनारलाई खोलामा आएको बाढीले बगाएको थियो ।
बाढीको बहावले छोरा निरजलाई करिब ५ सय मिटर तल पु¥याएपछि नदि किनारमा फालेको थियो भने उनी सकुशल रहेका छन् । आमा २६ वर्षीय राममाया सुनारको भने नदिले बगाएको स्थान देखि झण्डै १ किलोमिटरको दुरीमा शव फेला परेको छ । बिरबहादुरको भने खोजी कार्य जारी छ शव समेत फेल परेको छैन।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६