अर्थ-वाणिज्य

प्रदेश सरकार र पालिकाको संयुक्त लगानीमा मोटरेवल डुंगा संचालन




कपिलवस्तु १७ साउन । कपिलवस्तुको बुद्धुभुमी नगर पालिकाकोका गौरवको आयोजना बुढ्ढी तालमा ढुंगा संचालन गरिएको छ । ल्म्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिका वडा नम्बर ४ बुढ्ढी तालमा ढुंगा संचालन गरिएको हो । पर्यटन ग्रामीण, तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा रिबन काटे पछि ढूगाामा सयर गरी उदघाटन गरिएको थियो ।मन्त्रालयले बुढ्ढी तालको पर्यटकीय विकासकालागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका ईन्जीनीयर रोशन प्रसाद ताम्राकारले बताए । त्यस मध्ये ८ लाख लागतको २ वटा मोटरले चल्ने र २ वटा पाईडिलले चल्ने गरी कुल चार बटा ढुंगा संचालन गरिएको हो । सो अवसरमा राज्य मन्त्री नेपालले ताल सहीत बुद्धभुमी नगरपालिकाको पर्यटकीय विकासकालागि यो महत्वपुाणर्् काम भएको बताईन । उनले प्रदेश सरकारले चालु आर्थिक बर्षकालागि समेत बुढ्ढी तालको विकासकालागि ६० लाख बजेट बिनियोजन गरेको बताईन ।


उनले तालको पर्यटकीय विकासकालागि सबैले हातेमालो गर्नु पर्ने बताईन । सो अवसरमा मेयर श्रेष्ठले बुढ्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताए । उनले तालको डिपिआर तयार गरी एक अर्व भन्दा बढी लगानी गर्ने योजना रहेको बताए ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६