देश

कपिलवस्तुको होराइजनद्धारा एस.ई.ई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान, उत्कृष्ट रहेको दावि




हरि घिमिरे, १५ साउन
होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले एस.ई.ई परिक्षामा उत्तिर्ण विद्यार्थी हरुलाई सम्मान गरेको छ । एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयबाट उत्तिर्ण सबै विद्यार्थी हरुलाइ सम्मान गरिएको हो । उत्त विद्यालयमा अध्यनरत विद्यार्थी करुण घिमिरे ४ जिपिए ल्याउदै नेपाल प्रथम र अतिथि खत्री जिल्ला प्रथम हुन सफल भएका छन । नेपाल प्रथम र जिल्ला प्रथम हुने विद्यार्थी लगाएत सबै विद्यार्थीलाई विद्यालयले बाजा घाजा सहित सम्मान गरेर नगर परिक्रमा गराएको छ । जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएका छन् । जिल्लाकै नाम उच्च बनाउन सफल विद्यार्थीहरुलाई अहिले शुभकामना तथा बधाईको आईरो लागेको छ । विद्यालयको हलमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी धरमेन्द्र मिश्रले होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले कपिलवस्तुको सिर उच्च गराएको बताउनु भयो । उहाँले कपिलवस्तुमा सवारी दुर्घटना र लागुपदार्थ दुव्र्यसनि जस्ता निक्कै गम्भिर चुनौति हुँदा हुँदै पनि शिक्षको क्षेत्रमा भने जिल्लाले निक्कै ठुलो उपलब्धी हाँसील गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो “उच्च शिक्षाको लागी बिदेशमा जानु ठिकै हो तर भविष्यमा देशकै सेवा गर्न मेरो आग्रह छ ।” परिवर्तन गर्नको लागी विद्यार्थीको भुमिका निक्कै महत्तवपुर्ण रहेको बताउँदै विद्यार्थीले देशको भविष्य बनाउने जिम्मेबारी विद्यार्थीकै हातमा रहेको उहाँले बताउनु भयो । अहिले आफुलाई पढाएका गुरुहरु र आमा बाबु लाई समेत वास्ता नगर्ने प्रवृत्ति बढेको बताउँदै त्यस्तो नगर्न सम्पुर्ण लाई उहाँले अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रमा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले केही वर्ष पहिला कपिलवस्तु जिल्लामा शिक्षाको गुणस्तर निक्कै कम छ भनेर छिमेकी जिल्लाले हेप्ने प्रवृत्ति रहेको भए पनि केही वर्ष यता कपिलवस्तु शिक्षाको क्षेत्रमा ठुले फड्को मारेकोले छिमेकी जिल्लाले हेर्ने नजर नै फेरीएको बताउनुभएको छ । कोभीडको समयमा सबैभन्दा धेरै क्षती पुगेको शिक्षा क्षेत्र हुँदा हुँदै पनि कपिलवस्तुका विद्यालयले भने देशभर मै सबैभन्दा ठुलो उपलब्धी हाँसील गर्न सफल भएको उहाँले बताउनुभयो । राजधानिका विभिन्न कलेजहरुले कपिलवस्तुका विद्यार्थीले ल्याएको प्राप्ताङ लाई गिज्जयाउने काम गर्थे तर अहिले त्यो प्रवृत्ति लाई कपिलवस्तुको होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले तोडेको छ । हामिले पनि शिक्षाको क्षेत्रमा राम्रो उपलब्धी ल्याउन सक्छौ भन्ने होराइजन स्कुलले देखाएको छ । कपिलवस्तुका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाको शिक्षण शैली पनि निक्कै उत्कृष्ट ठहरीएको मेयर अर्यालले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल बासुदेव घिमिरेले धन्यवाद तथा शुभकामना व्यक्त गर्दै विद्यालय कुरामा हैन नतिजामा बिश्वास गर्छ भन्ने कुरा सबित भएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै देशमै सबैभन्दा बढी नतिजा ल्याएर स्कुल र जिल्ला लाई नै चिनाउन सफल करुण घिमिरेले आफ्नो सफलतामा निरन्तर खटिएर सहयोग गर्ने शिक्षक, अभिभावक र विद्यार्थी सम्पुर्णमा धन्यवाद दिदै यो सानो सफलता भएको र यस्तो सफलताको लागी आफुले निरन्तर प्रयाश गर्ने बताउनुभएको छ । आफ्नो पढाइलाई निरन्तरता दिदै जिल्ला लाई देशभर हैन देश लाई नै संसार भर चिनाउन आफ्नो प्रयास निरन्तरता रहने उहाँले बताउनुभयो । कार्यक्रममा होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु को अध्यक्षता रहेको कार्यक्रमलाई उपाध्यक्ष लक्षमण अधिकारीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख थानेश्वर घिमिरे, बाणगंगा नगरपालिका शिक्ष शाखा प्रमुख खिम बहादुर जिसि लगाएतको आतिथ्थता रहेको कार्यक्रमा विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी, सेयर सदस्य, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल