अन्तर्राष्ट्रिय

बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी



काठमाण्डौ १५ साउन – बङ्लादेश र जिम्बाब्वेबीचको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो । जितसँगै ३ खेलको टी–२० शृङ्खलामा जिम्बाब्वेले १–० को अग्रता बनाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बङ्लादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।
जिम्बाब्वेका उस्ले माधिभेरी तथा सिकन्दर राजाले अर्धशतकीय पारी खेले । यी दुई टोलीबीच आज दोस्रो टी–२० खेल हुनेछ । त्यस्तै मङ्गलवार तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ । बङ्लादेश र जिम्बाब्वेबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो शुक्रवारदेखि सुरु हुनेछ ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६