खेलकुद

च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै



काठमाण्डौ १५ साउन – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।
मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।
नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बङ्लादेश फाइनल पुग्ने पहिलो टोली हुनेछ । दोस्रो टोलीका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।
प्रतियोगिताको अङ्क तालिकामा बङ्लादेश शीर्षस्थानमा छ । उसको ३ खेलमा ९ अङ्क छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अङ्क छ । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलङ्काले अङ्क जोड्न सकेका छैनन् । प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले मङ्गलवार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल शुक्रवार हुनेछ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६