देश

आज साउन १५ गते, खिर खाएर मनाइँदै



काठमाण्डौ १५ साउन – आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।
असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खिर खाने गर्दछन् । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ ।
परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । नेपाल डेरी एसोसिएशनका अनुसार अघिपछिको तुलनामा आज झन्डै ५ गुणाभन्दा बढी दूध खपत हुन्छ । आज झन्डै ५० लाख लिटर दूध बिक्री हुने र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबर कारोबार हुने एसोसिएशनले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल