अन्तर्वार्ता

जनताले नतिजा पाउन दिनगन्ती शुरु गरिसके : मेयर अर्याल



करिब ४० वर्ष सक्रिय राजनिति पश्चात वाणगंगा नगरपालिका कपिलवस्तुका मेयर बन्नु भएका चक्रपाणी अर्यालसँग अबको नगर कस्तो हुने ? विकासका दिर्घकालिन योजना र प्राथमिकता के के हुन ?लगायतका सवालमा वुद्ध दर्पणका सम्पादक पार्वती पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

वाणगंगा नगरको मेयरमा निर्वाचित हुनु भयो ,तपाईँका मूख्य योजना र प्राथमिकता के–के हुन ?
पाँच वर्ष जनताले मलाई काम गर्नका लागि जिताउनु भएको छ , त्यो जितलाई अनुसरण गर्दै नगरलाई केहि नयाँ योजनाहरु अगाडि सारिएको छ । पुराना बाँकी रहेका पुर्वाधारका योजनालाई निरन्तरता दिने र अरु थप योजना बनाइएको छ । योजना अन्तरगत फोहोर मैला व्यवस्थापन , छाडाचौपायको गौशाला मार्फत नियन्त्रण , नगरमा रिङरोड , निमार्ण गरि नगरबस सञ्चालन गरिने छ । शिक्षा , स्वास्थ्यको गुणस्तरियता कायम गर्ने र कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्ने लगायतका योजना रहेका छन ।
विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित तुल्याउनु हुन्छ?

जहाँ विद्यालयको पुर्वाधारहरु कमजोर छन त्यहाँ पुर्वाधार निमार्ण गरिने छ । विद्यालयमा तोकिएको मापडण्डमा विद्यार्थी नभएका विद्यालयमा समायोजनमा लगिने छ । अरु विद्यालयमा गुणस्तर शिक्षा प्रदानका लागि विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दीको व्यवस्था गरिने छ । साथै विद्यालयहरुलाई पुर्ण विद्यार्थी मैत्री बातावरणमा पठनपाठनको व्यवस्था मिलाइने छ । नगरमा भएका ४७ सामुदायिक विद्यालयको गुणस्तरका लागि नियमित अनुगमन गरि , सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन जोड दिइने छ ।
आगामी पाँच वर्षसम्म तपाईंले नगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ?

नगरलाई शुरुमा प्राविधिक शिक्षलाई जोड दिइने छ । यसको लागि नगरपालिकाले सम्बन्धित निकायहरुमा समन्वय गरि काम अगाडि बढाउने छ । हालमा स चालित जुन विद्यालय छन , त्यहाँको गुणस्तरिय शिक्षाको लागि अन्य जिल्ला सग शिक्षामा प्रतिष्पिर्धा गर्ने सक्ने जनशक्ति तयार गरिने छ । त्यसका लागि विद्यालयमा सुविधायुक्त भौतिक पुर्वाधार , विद्यालयलाई आवश्यता अनुसारको विषय शिककको परिपुर्ति गरिने छ । उक्त कार्यको नियमित रेखदेखका लागि विद्यालय व्यवस्थापन समितिलाई सक्तिय बनाइने छ । वालवालिकालाई बिदाको समयमा पनि विद्यालय जाउ जाउ लाग्ने बाताबरण बनाइने छ । प्रारम्भिक तह देखि माध्यमिक तह सम्मका बालवालिकाको चौतर्फी विकास र शिक्षाको गुणस्तर कायम गर्न नगरपालिकाले सबै विधि , क्रियाकलाप अपनाएर नगरका विद्यालयलाई बालवालिका मैत्री विद्यालय बनाइने छ । जसका कारण वाणगंगाका विद्यालयको शिक्षण अन्य पालिकाको लागि नयाँ सिकाई बन्न सक्छ ।
स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ?
नगरपालिकाले नगरको वडा नं २ मा रहेको पिपरा अस्पतालाई गुणस्तरिय र भरपर्दौ सेवा उपलक्ध गराइने छ । यस अस्पताबाट विशेषज्ञ डाक्टहरु उपलब्ध गराई त्यस प्रकारको सेवा प्रदान गर्ने योजना रहेको छ । साथै यहि अस्पताबाटै अप्रेसन गर्ने गरि काम अगाडि बढाइएको छ ।पिपरा अस्पतालाई नगरको उत्कृष्ट अस्पतालको रुपमा विकास गरिने छ । अस्पतालमा स्वास्थ्य विमा प्रभावकारी बनाउनका लागि थप कर्मचारीको जनशक्ति निमार्ण गरिएको छ । नगरबासीले गुणस्तरिय स्वास्थ्य सेवा पाउने छन । ११ वटै वडाबाट आधारभुत तहको स्वास्थ्य सेवा दिइएको छ । साथै हाल वडा नं ५ र ११ मा वर्थिंड सेन्टरबाट सेवा प्रदान हुदै आएको छ । साथै चालु आर्थिक वर्षबाट वडा नं ९को भलवाड स्वास्थ्य चौकी र १० को पटना स्वास्थ्य चौकीबाट बर्थिड सेन्टरबाट सेवा दिइने छ । साथै नगरभरिका गर्भवती महिलाहरुलाई अस्पताल आउन सम्मको लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । जसका कारण गर्भवती महिलाहरुले सहजतरिकाबाट बच्चा जन्माउन सक्ने छन । अस्पताल तथा वडाका सबै स्वाथ्य चौकीबाट निःशुल्क रुपमा पाइने औषधीलाई अभाव हुन नदिने व्यवस्था मिलाइएको छ ।

ठूलो चुनौतीका रुपमा रहँदै आएको नगरको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान कसरी निकाल्नुहुन्छ?
नगरपालिकाले तत्कालिन फोहोरमैला व्यवस्थापनका लागि फेरिइन्भारमेन्टल सर्विस कम्पनी सँग ५ वर्षको लागि सम्झौता गरि काम अगाडि बढेको छ । जसले फोहोरको बर्गिकरण गरि प्रशोधन गर्ने काम गरेको छ । दिर्घकालिन समाधानका लागि नगरले फोहोर प्रशोधन केन्द्र स्थापना गरि फोहोरमैला व्यवस्थापन गर्ने छ । यसका लागि डिपिआर तयार भैसकेको र यसको प्रारम्भिक वातावरणीय सार्वजनिक सुनुवाई समेत भैसकेको छ । साथै अरु काम पनि दु्रतगतिमा अगाडि बढिरहेको छ । यसले वाणगंगा नगरपालिकाको निजि क्षेत्रसँग सहकार्य गरि फोहोरमैलालाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने छ ।
वसपार्क नबन्दा समस्या खड्किएको छ , व्यवस्थित ‘पार्किङ’ कहिले र कसरी बन्छ ?
नगरमा वस पार्क नहुदा धैरै समस्या हुदै आएको नगरलाई महशुस भएको छ । हामीले समस्या समाधानका लागि धैरै पटक छलफल पनि चलायौं । यद्यपी अझै समस्या समाधान भएको छैन । वस पार्कको लागि मधौलिया सामुदायिक वनको खाली जमिनलाई प्रस्ताव गरिएको छ । कानुनी प्रावधान पुरा गर्नको लागि सम्बन्धित निकाय सँग परामर्श सल्लाह गरिरहेको र केहि समय लागेता पनि समस्या भने समाधान हुनेमा नगर आशावादी छ ।
पूर्वाधार निर्माणमा गुणस्तर नहुँदा नगरवासी असन्तुष्ट छन् नि ? यस्तो किन हुन्छ ?

पुर्वाधारमा विशेष गरि सडकमा गुणस्तर नभएका गुनासाहरु आएका छन । कतिपयमा गुणस्तर कम हुदा कारवाहि स्वरुप धरौटी जफत गर्ने पुनः सडक मर्मत बनाउने काम भएको छ । गुणस्तरियता कायम गर्न अनुगमनलाई तिब्रता दिइएको छ । साथै सडकको अनिवार्य ल्याब परिक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । यसै वर्ष देखि सडको गुणस्तर मापनका लागि नगरपालिका भित्रै ल्याबको स्थापना गरिदै छ । यसले नगरका सडकको गुणस्तर कायम गर्न मद्यत पुग्ने छ ।
नगरलाई स्वच्छ सुन्दरीकरण र हराभरा बनाउन के गर्नुहुन्छ?
वाणगंगा नगरलाई हराबरा बनाउन सडक किनारमा विरुवाहरु रोप्ने , बजारवरिपरि सरसफाईमा जोड दिने , सडकमा फुटफाटका पसल राख्न नदिने योजना बनाइएको छ । ४ नं चोकको बजारलाई सुन्दरीकरण गर्ने योजनालाई साकार पारिने छ ।ढल निकासको उचित व्यवस्थापन गरिने छ । नगरभित्र रहेका पार्कहरु , सार्वजनिक स्थलहरु र धार्मिक स्थलहरुमा हरियाली प्रवद्र्धन कार्यक्रम गरि नगरलाई हरावरा बनाइने छ ।

नापी र मालपोत कार्यालय नहुदा आम नागरिकले सेवा लिन सदरमुकाम जानु पर्ने बाध्यता छ , अब यो समस्या कहिले सम्म रहन्छ ?
नापी र मालपोत कार्यालयका लागि पटक पटक सम्बन्धित निकायमा कुरा भईरहेको छ । यसका लागि कार्यपालिको वैठक बसी निर्णय गराएर मालपोत कार्यालयको सिफारिस गरि भुमिसुधार मन्त्रालयमा समेत फाइल दर्ता गरेको छ , अब छिट्टै त्यो काम अघि बढ्छ र नगरमा उक्त कार्यालय ल्याउन तदारुक्ताका साथ पहल गरिएको कुरा जानकारी गराउन चाहान्छु ।
बाणगंगाको कला, संस्कृति , सम्पदाको विकासको मोडल के हुनेछ अव ?

नगरपालिका भित्र धार्मिक स्थलका रुपमा कैलाशधाम , मधुवनधाम , कपिलधाम , बोलबम धाम , रामदतिवन लगायतका धार्मिक स्थल छन भने पर्यटन स्थलका रुपमा राजापानी , मधौलिया पार्क , खारखानी लगायतका स्थलहरु छन ।यि स्थलहरुको व्यापक प्रचार प्रसार गर्नु जरुरी छ । त्यस्तै हाम्रो नगरभित्र विभिन्न जात जाती भाषा कला र संस्कृतिको संरक्षण र विकास गरिने छ । यि क्षेत्रहरुको संरक्षण , प्रवद्र्धन र विकास गर्न नगरपालिकाले विशेष योजना बनाएर लागि परेको छ । यसले वाण गंगा नगरपालिकाको पहिचान र आन्तरिक पर्यटनमा वृद्धि गरि रोजगारी समेत सृजना गर्ने छ ।
अन्त्यमा केही भन्नु छ कि?
हामीलाई थाहाछ जनताले अपेक्षा गरेको नतिजा आफ्नै आखले देख्न हाम्रा दिनगन्ती शुरु गरेर हेरी रहेका छन् । हामी पनि हरेक दिन नगरको विकास समृद्धी र शुसासनमा एकएक इटटा थप्न तल्लीन छौ।वाणगंगा नगरपालिकालाई समृद्ध नगर , सुखी नगरबासी बनाउने परिकल्पनालाई साकार बनाउन सबै नगरवासीको साथ सहयोग र सहकार्य आवश्यक छ । यस नगरभित्रका आदरणीय वुवा आमा , दाजु भाई , दिदी वहिनी , राजनैतिक दल , नागरिक समाज , पत्रकार सबैको सहयोगको अपेक्षा गर्दर्छु ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६