जीवनशैली

आज गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै



काठमाण्डौ १० साउन – आज नेपाल सम्वतको तिथि अनुसार दिल्लागा चतुर्दशी । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । आज गठेमङ्गल–गठाङ्मुग–घन्टाकर्ण–घन्टासुर र गाथामोग पर्व मनाइन्छ ।
कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ ।
नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका रुपमा बेतबाँसका गथांमुगः बनाएर राखिएका छन् । ती गथांमुगःहरुलाई बेलुका घरघरबाट विशेष तान्त्रिक विधिबाट पूजापछि घिसार्दै नजिकका खोला र नदीहरुका बगाइदिने गरिन्छ ।
आजकै दिन आफ्ना घरमा भूतप्रेतहरुले प्रवेश नगरोस् भनी फलामका किला काँटा लगायत प्याकिङ्ग भनिने विशेष प्रकारको काँटी टाँग्ने गरिन्छ । वर्षायामको खेतिपातीपछि आजकै दिनबाट केही समय फुर्सद निलालेर नेवाः समुदायमा सांस्कृतिक गतिविधि सुरु गरिन्छ ।
यो पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा लिने गरिएको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा यसलाई लिने गरिएको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६