गण्डकी

कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी



बागलुङ, ७ साउन । प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले हालै पञ्चवर्षीय योजना तयार गरेको छ । गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।
समितिले मन्दिरलाई संरक्षण, थप कलात्मक तथा पुरातात्विक तथा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ । मन्दिर परिसरमा जीर्ण संरचना पुरानै शैलीमा पुनर्निर्माण, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला, धार्मिक सङ्ग्रहालय, अखण्डधुनी निर्माण तथा हवन कुण्ड निर्माण गर्ने योजना समावेश गरेको गुठी व्यस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
पाँच वर्षमा गर्न सक्ने काम मात्रै योजनामा समावेश गरिएको अध्यक्ष खड्काको दावी छ । अपाङ्ग मैत्री संरचना, भक्तजनको संख्या गणना गर्न सक्ने क्यामेरा, सिसि क्यामेरा तथा आफ्नै वेभसाइट निर्माण गर्ने योजना छ ।
मन्दिरमा दुई स्थानमा सुरक्षा गेट, मन्दिर आसपासको जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने योजना छ । उक्त घनाजंगलमा चितुवा, मृग, बाँदर, कालिजजस्ता वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन् ।
समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसरमा योगस्थल निर्माण, कालिका भगवती एम्बुलेन्स, शवबहान तथा दमकल सञ्चालन, गरीब जेहेन्दार अनाथ तथा असहाय बालबालिकाको शिक्षाको लागि अभिभावकत्व ग्रहण गर्न शैक्षिक कोष निर्माण गर्ने जस्ता सामाजिक कामलाई पनि आत्मसाथ गरेको अध्यक्ष खडकाको भनाइ छ ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६