प्रदेश

एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही



काठमाडौं ६ साउन – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६