खोज–अनुसन्धान

अजिंगरले बोका खायो ,प्रहरीले बोरामा हालेर ल्यायो




उदयपुर २६ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ ।सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।
अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए ।उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।२० किलोग्राम भन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । अजिंगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताए ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६