गण्डकी

एक लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ




तनहुँ, असार २१ । तनहुँ प्रहरीले एक लाख ८० हजार ४३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ । उनीहरूलाई सोमबार रातीे पक्राउ गरिएको हो ।
आबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र कुमार श्रेष्ठको बन्दै गरेको नयाँ घरको भुई तल्लामा कौडा खेलीरहेको अवस्थामा उक्त सङ्ख्या पक्राउ गरिएको र सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको संयुक्त प्रहरी टोली पक्राउ गरिएको बताउनुभयो । १६ थान कौडासहित नियन्त्रणमा लिई मङ्गलबार तनहुँ जिल्ला अदालतबाट दिन ७ ९सात० को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६