पर्यटन

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने, सातै प्रदेशका फोटोग्रफर सामेल हुन सकिने




काठमाडौं, १८ असार। पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ । कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्रफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ ।

प्रतियोगिमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ । जसमध्ये नेचर , कल्चर, लाइफस्टाइल, र वाइल्डलाइफ रहेको छ । प्रत्येक विधामा ५०/५० हजार नगद पुरस्कार को घोषण गरिएको छ छ । साथै चारमध्ये एक उत्कृष्टलाई से-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ ।

प्रतियोगितामा प्रत्यक प्रदेश बाट ७/७ फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोहरूलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्वीरहरु प्रदर्शन गरिने संयोजक शाहीले बताए ।

प्रतियोगितामा सामेल हुन र प्रतियोगिताको जानकारी www.presentingnepal.com बाट लिन सकिने छ । यो प्रतियोगितामा भदौ ३ गते अर्थात (वर्ल्ड फोटोग्राफि डे) को दिन एक कार्यक्रमका बीच उत्कृष्ट घोषण गरिनेछ ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा रहेका छन् भने अन्य निर्णायक पनि थप गरिने संयोजक शाहीले बताए ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६