अन्तर्राष्ट्रिय

एन्फा टोली र साफ महासचिवबीच ढाकामा भेट, महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव



काठमाण्डौ, १८ असार । अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राई नेतृत्वमा बङ्लादेशको ढाका पुगेको टोलीले साफका महासचिवसँग भेट गरेको छ ।

टोलीले ढाकामा रहेको साउथ एसियन फुटबल फेडेरेसन साफ मुख्यालयमा साफ महासचिव अनवरुल हक्व हेललसँग भेट गरेको हो ।

भेटमा एन्फा महासचिव राईले आउँदो अगस्ट २९ देखि सेप्टेम्बर १० तारिख अर्थात भदौ १३ गतेदेखि २५ गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गर्नुभएको छ । नेपालको प्रस्तावमा साफ महासचिव सकारात्मक रहेको र साफ कङ्ग्रेसमा थप छलफल हुने एन्फाले जनाएको छ ।

राईको नेतृत्वमा बिहीवार ढाका गएको टोलीमा एन्फाका कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन् ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६