अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइँदै




काठमाण्डौ, १८ असार । आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउन लागिएको छ। नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।

स–साना व्यवसायीदेखि ठूला उद्योपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।

यसैबीच अबदेखि सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा सूचना प्रविष्ट नगर्ने सहकारी संस्थालाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । सहकारी ऐन–२०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ ।
अहिलेसम्म १५ हजार सहकारी संस्थाले कोपोमिसको पासवर्ड लगे पनि नौ हजारले मात्रै विवरण प्रविष्ट गर्ने गरेको नेपाल सहकारी विभागले जनाएको छ ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६