खोज–अनुसन्धान

बाणगंगाको बजेट गतको भन्दा २२ करोड बढी :आन्तरीक श्रोत १६ करोड



पार्वती पाण्डे
कपिलवस्तु १८ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले जिल्लाका १० पालिकामा सर्वाधिक उच्च बजेट सार्वजनिक गरेको छ । बाणगंगाले गतको भन्दा २२ करोड बढी बजेट लएको छ । जस अनुसार आन्तरीक श्रोत १६ करोड रहेको छ । ११ औं नगरसभा मार्फत आगामी आर्थिक बर्ष २०७९/ ८० को डेढ अर्वको बजेट सार्वजनिक गरेको छ । असार ८ मा नीति तथा कार्यक्रम र असार १० मा वजेट पेश गरेर जनप्रतिनिधी बीच विभिन्न बैठकहरुमा छलफल चलाएर टुंगोमा पुराएको वजेट कार्यपालिकाको आज सम्पन्न बैठकले सर्बसहमत रुपमा पारित गरेपछि सार्वजनिक गरिएको हो ।जिल्लाका सांसद , राजनैतिक दलका प्रतिनिधी , नागरिक समाज पत्रकार सहितको समारोहमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै मेयर चक्रपाणी अर्यालले गतवर्षको बजेट भन्दा करिव २१ करोड बढीको वजेट सार्वजनिक गर्नु भयो । १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।


नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, अनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट आएको हो। यसैक्रममा सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ ।
क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ । वाणगंगाको डम्पीङ साइट निर्माण ,बसपार्क र चक्रपथ निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखीएको छ। यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ ।बजेट सार्वजनिकीकरण समारोहलाई संबोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले समयमै बजेट सार्वजनिक गर्न सफल भएको भन्दै बजेट शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बाणगंगाको विकासका लागि राजनीतिक स्वार्थ भन्दा माथि रहेर सबै जनप्रतिनिधि, संघ संस्था तथा नगरवासी एकजुट हुनुपर्ने बताउनुभयो ।


त्यस्तै प्रदेश सांसद बिष्णु पन्थीले समग्रमा स्रोत र साधनको आधारमा बजेट उत्कृष्ट रहेकाले कार्यान्वयनको पाटो महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पनि स्थानीय तहको विकासका लागि अहम भुमिका निर्वाह गरेको बताउनुभयो । समारोहमा बोल्दै संविधानसभा सदस्य विश्राम थारुले बाणगंगा अव कपिलवस्तुको उत्कृष्ट होइन प्रदेशकै उत्कृष्ट हुने गरी काम गर्ने बेलाआएको वताउनु भयो ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले मिडियाको ४७ लाख बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९\८० को लागि बजेट बिनियोजन हुने क्रममा नगरभित्रका मिडिया ब्यवस्थापन तथा अन्य सूचना, समाचार विज्ञापन प्रसारणको लागि नगरपालिकाले सो बजेट छुट्याएको हो । नगरभित्रका टेलिभिजन, दैनिक, साप्ताहिक पत्रिका, सामुदायिक रेडियो, अनलाइन मिडियाको समन्वयमा नगर गतिविधि प्रचार प्रसार गर्न तथा समन्वय गर्नको लागि रु १७ लाख र बिभिन्न मिडियाहरुको ब्यवस्थापन एवम् पत्रकार महासंघको भौतिक संरचना निर्माण गर्न लगायत कार्यको लागि ३० लाख बजेट बिनियोजन गरिएको बजेट बक्तब्यमा उल्लेखछ ।’


सोही अवसरमा नगरपालिकाले उत्कृष्ट विकास पत्रकारीता गरेको भन्दै बुद्ध आवाज टेलिभिजनकी समाचार सम्पादक सरिता थारु , हर्टबीट एफएमका मेनेजर हरि घिमिरे (पिताम्वर)लाई १५ हजार राशी सहित सम्मान तथा पुरस्कृत गरेको छ । यसैगरी उत्कृष्ट काम गर्ने नगरका कर्मचारी तर्फ अधिकृत स्तरमा शान्तराज आचार्य, नासु स्तरमा दिपक पाण्डे र संतोष बैठा लगायत विभिन्न तहका कर्मचारीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट किसान, राम्रो काम गर्ने संघ संस्थालाई सम्मान गरेको छ ।
कार्यक्रममा जिससका प्रमुख वावुराम आचार्य, पूर्व मेयर मंगल थारु ,नेकपा एमालेका चेतनारायण भण्डारी , नेपाली कांग्रेसका विष्णु थापा , नागरिक समाजका दोलख वहादुर पछाई, उद्योग बाणिज्यसंघका दोलकराम घिमिरे ,पत्रकार महासंघका हरि अधिकारी, बुद्ध दर्पण दैनिकका पार्वती पाण्डे लगायतले सुझाव सहित मन्तब्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष छवि रेष्मी मगरको सहजीकरण र उपमेयर रिता थारुको स्वागत मन्तब्यमा भएको थियो ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६