अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित




रुपन्देही १६ असार ।लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरिएको थियो ।

त्यसअघि प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बजेटले लुम्बिनी प्रदेशका जनताको समृद्धिको प्रतिनिधित्व गरेको बताउँदै सवैको साझा प्रयासबाट बजेट कार्यान्वयन हुने बताउनुभयो । लुम्बिनी प्रदेशको समग्र आर्थिक विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै बजेटले लिएको संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम सरकारको विचार दृष्टिकोण अनुसारको भएपनि बजेट सबैको साझा भएको बताउनुभयो।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६