अन्तर्राष्ट्रिय

७ हजार टन अन्न बोकेको पानीजहाज युक्रेनको बन्दरगाहबाट अरू देशका लागि छुट्यो




असार १६,
सात हजार टन अन्न बोकेको पानीजहाज युक्रेनको बन्दरगाहबाट अरू देशका लागि छुटेको छ । रुसको कब्जामा रहेको बर्दियान्स्कको बन्दरगाहबाट सात हजार टन अन्न बोकेको पानीजहाज मित्र राष्ट्रहरूका लागि छुटेको रुसले नियुक्त गरेका एक अधिकारीले जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ ।
रुसले युक्रेनमा युद्ध सुरु गरेपछि यो बन्दरगाहबाट पहिलो पटक अन्न निर्यात भएको खबरमा उल्लेख छ । रुसले नियुक्त गरेका अधिकारी एभजेन बालित्स्कीले धेरै महिनापछि जहाज छुटेको र बिस्तारै निर्यात बढ्ने बताउनुभएको छ ।
रुसले युक्रेनका बन्दगाह कब्जामा लिएर अन्न निर्यात हुन नदिएकाले संसारभर खाद्यान्न र खाने तेलको अभाव भएको अमेरिका र युरोपेली देशले आरोप लगाउँदै आएका छन् । युक्रेनले त रुसले लाखौँ टन गहुँ र मकै चोरेको समेत आरोप लगाएको छ । रुसले आक्रमण सुरु गरेसँगै दक्षिणी युक्रेनका खेअरसन र जापोरिझिया सहर रुसकै नियन्त्रणमा रहेका कारण यी दुई सहरमा रहेका ठूला बन्दरगाहबाट निर्यात हुन पाएको छैन ।
संसारभर खपत हुने गहुँमध्ये युक्रेनले १० र १७ प्रतिशत माग रुसले धान्दै आएको छ । यस्तै संसारभर सूर्यमुखीको तेलको ४० प्रतिशत माग युक्रेन र रुसबाट पूरा हुँदै आएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६