खेलकुद

नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने




असार १६,
काठमाण्डौ : नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो।
क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जनाएको छ ।
नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ । क्यानडामा दुई खेलको एक दिवसीय र एक स्थानीय क्लबसँगको अभ्यास खेलपछि टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६