कृषि

लुम्बिनीमा गतवर्ष भन्दा १३ प्रतिशत कम रोपाइँ :कुन जिल्लामा कति प्रतिशत ?



कपिलवस्तु १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ । प्रदेशमा अहिले (असार १४ गते) सम्म करिब ३२.७१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो ।कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशतधान रोपाई सकिएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।यता लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६० प्रतिशत रोपाई सकिएको छ । यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ ।
गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत गौतमले बताए ।साथै असार भरिमा लुम्बिनी प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने उनले बताए ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६