प्रदेश

रुपन्देहीका २ जना ब्यवसायीलाई करोडौं राजस्व छलेको आरोपमा मुद्दा दर्ता




रुपन्देही, १५ असार । भन्सार छली गरि ल्याईएका सामाग्री ढुवानी गरि करोडौको राजस्व छलेको आरोपमा अनुसन्धान बिभागले रुपन्देही भैरहवाका २ जना ब्यवसायी सहित अन्यलाई मुद्दा दर्ता गरेको छ ।

विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मनकामना सप्लायर्स रुपन्देही तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु ढुवानी गर्दा २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा जयसवालद्धय सहित लाई मुद्दा दर्ता गरेकोे हो ।

पशुपति रोड क्यारियर नेपाल प्रालिका सञ्चालकहरू महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, भारतीय नागरिक ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लायर्स सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ का प्रोपाइटर रेखा जयसवाल, मुख्य कारोबारी सोही ठाउकै राकेशप्रसाद जैसवाल विरुद्ध २१ करोड ८५ लाख १३ हजार २०२ रूपैयाँ बिगो कायम गरिएको छ । उक्त सप्लायर्सले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी मालवस्तु पठाएको तर उक्त मालवस्तुहरू अन्य विभिन्न फर्महरूले विना बिलबिजक बुझिलिएको बिभागको भनाई छ ।

विभिन्न फर्महरूले भन्सार नाका प्रयोग गरी प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरी विभिन्न मालसामान खरिद बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश करलगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नुपर्ने कर राजस्व नबुझाई आफूले लाभ लिई राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरिएको बिभागद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । बिभागले राजस्व छलीकै आरोपमा अन्य फर्महरुलाई पनि मुद्दा दर्ता गरेको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६