ब्रेकिंग न्युज

खोपको दिगोपना सुनिश्चित नगर घोषणा




कपिलवस्तु १४ असार । शिवराज नगरपालिका भित्रका ५६ हजार ५ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोपको लक्ष्य पुरा गरेकोले खोपको सुनिश्चितता तथा नियमित खोपको दिगोपन सुनिश्चितता नगर घोषणा गरिएको छ ।मङ्गलवार आयोजित उक्त कार्यक्रममा विश्वमा महामारीको रूपमा कोरोना भाइरस आएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सकेको चर्चा गरिएको थियो । नगरमा १२ वर्ष उमेर समूह देखि माथिका नागरिकहरूलाई कोरोनाको पूर्ण खोप प्रदान गरी नागरिकहरूको स्वास्थ्य प्रति गम्भीर रहेको नगर प्रमुख अजय थापाले बताउनुभयो ।
कोरोनाको समयमा एक अर्का सँग नजिक नहुने अवस्थालाई खोपले अहिले सामान्य बनाएको भन्दै खोप अभियानमा लाग्ने स्वास्थ्यकर्मी प्रति आभार व्यक्त गर्नुभयो । यस्ता महामारी फेरी आउन सक्ने भएकोले यसमा सबै जना सजग हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति बाबुराम आचार्यले खोपलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कोरोना खोप सँगै अन्य धेरै खोपहरू रहेकोले पूणे खोप लगाई सुनिश्चित भविष्य बनाउन आग्रह गर्नुभयो । खोप अभियानमा स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बालबालिकाहरूको नियमित खोपलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । खोप अनिवार्य रहेको भन्दै कपिलवस्तुमा कोरोना,झाडापखाला लगायतका खोप अभियानहरू सञ्चालन भएको बताउनुभयो । स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मी तथा स्वेयमसेविकाहरुको सहयोगले यो कार्य सम्पन्न भएको बताउनुभयो ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६