खेलकुद

गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुने




असार १४
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
विश्वकर्माका अनुसार चिदिचौर खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ । जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छात्र÷छात्रा खेलाडीले असार १७ गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नाम पेश गर्नुपर्ने पनि विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतियोगितामा भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथलेटिक्सःदौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट साथै मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु छात्र÷छात्रा खेल समावेश गरिएको पनि विश्वकर्माले बताउनुभयो ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६