खोज–अनुसन्धान

दाइजोमा ३ लाख नगद नल्याएकै कारण घर निकाला भइन छाँया




पार्वती पाण्डे
कपिलवस्तु १३ असार । कलिलै उमेरमा मागी विवाह गरेकी छाँया बारी विवाहको डेढ वर्षमै घरबाट निकालिनु परेको छ । कपिलवस्तु ६ गोबरीकी २१ वर्षिय बारी दाइजो नल्याएकै कारण घर निकाला हुनु परेको छ । विवाहमा तेरो माइतीले दाईजो नदिएको भन्दै घर परिवारले यातना दिई घर निकाला गरेको उनी बताउछिन । कक्षा १० उत्तिर्ण गरेकी बारीलाई पढ्ने ठुलो धोको छ । तर विवाह पछि उनी घरपरिवारबाट लखेटिनु परेको छ । पटक पटक ३ लाखको दाइजो लिएर आइज भन्दै घर परिवारले यातना दिने गरेको उनले बताइन । श्रीमान दिपकुमार बारी हाल इन्डियामा रहेको बताउदै सासु ससुराले नै आफुलाई धैरै दुःख दिने , कुटपिट गर्ने गरेको बताइन ।

जिल्ला प्रहरीमा उजुरी दिए पनि हाल सम्म सुनुवाई नभएको उनी बताउछिन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डियस्पी जेशी शाहले प्रहरीमा विवाह दर्ता र नागरिता बनाइदिन भनी उजुरी परेको छ , घट्ना फरक रहेछ , यसलाई राम्रो सँग अनुसन्धान गरि पिडितलाई न्याय दिइने बताउनु भयो । पिडित बारीलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जसरी पनि न्याय दिलाउने बताए । पिडित बारीलाई इन्सेकले रु ५ हजार आर्थिक सहयोग स्वरुप प्रजिअ धर्मेन्द्र मिश्रको हात बाट हस्तान्तरण गरेको छ ।इन्सेक प्रतिनिधि पार्वती आचार्यले पिडितलाई न्यायको लागि पहल गर्ने बताइन । मानव अधिकार निगरानी समितिका अध्यक्ष पुष्पा रेग्मीले बारी ठुलो अन्यायमा परेकोले न्यायको लागि सबैले पहल गर्नु पर्ने बताइन ।

अधिकारकर्मी पशुपतिमणी त्रिपाठीले छाया ठुलो अन्यायमा परेको बताउदै न्यायका लागि सबैले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । इन्सेकको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ६ महिनाको अबधीमा घरेलु हिंसाका १ सय ७६ उजुरी परेका छन । वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ सेवन, दाइजो , कुटपिटका कारण घरेलु हिंसा बढिरहेका छन ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६